मलाई अफसोश छ, हजूरआमा
तपाईको चौरासीमा म आउन सकिन
आमा भन्नु हुन्थ्यो-
‘साऊको भन्दा ब्याजको माया’ भन्दै
तपाई मलाई डुलाउनु हुन्थ्यो रे,
आफ्नै काखमा सुताउनु हुन्थ्यो रे
हुनत कुनै पार्कको स्लाइड वा
सुइंग मैले खेलिन,
स्यान्ड क्यासटल र पजल
मैले जोडिन
तपाईको औला समाएर
हिडन सिकें,
त्यहि मलाई स्वर्ग थियो,
तपाईले सेकेको शरीर बचाएर
कर्म गर्न जाने,
यही मलाई एथेष्ट छ,
त्यसैले हजूरआमा तपाईलाई
मुरी मुरी धन्यवाद
सानो छंदा मैले कुनै
लुगा वा कुकिको
च्वाइस त भेटिन,
फनटाइम वा बेडटाइम
स्टोरी त सुनिन
तर तपाईले ख्वाएको
खीर र लटटेको स्वाद
अझै सम्झिन्छु,
तपाईले सुनाएका
रामायण श्लोक र कृष्णगाथा
अझै पढ्दै छु,
सधै पढ्ने छु
हो ह्याप्पी मिल र
बाथटब स्प्ल्यासको
आनंद त मैले लिइन,
तर कुराउनी खादै झरिमा
अघि म र पछि तपाई
दगुरेको चाँही सम्झंछु
जे जति सम्झंछु-
कृष्णको गोकुल जस्तो बुझ्छु,
रामको अयोध्या जस्तो सम्झिन्छु
त्यसैले हजूरआमा
मुरी मुरी धन्यवाद
मलाई अफसोश छ,
तपाईको चौरासिमा म आउन सकिन
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Webhosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal.com website features H1B Visa Information, Entertainment Portal, Link Directory Service, Free Articles, Free Open Source Tutorials on Java and J2EE Platform, Digital Photography, High Resolution Picture Gallery and Free Reliable Image Hosting Services. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Stay free from phishing – our website does not ask for your credit card and banking information. Happy Surfing!
kushalzone कविता
ग्लोवल वार्मिंगको
चेतना फैलिएको छ,
समुन्द्रको गहिराईमा
ठीकै हो,
घरमा चुलो नबलेपनि
ठाहिला ठाहिलीहरु समेत
जाने रे आधार शिविरसम्म,
छुचुन्द्रे नारावाजी गर्न-
” गैंडा मारेर पजेरो
बाघ मारेर बंग्लो ”
एल गोर बनाउंछौ कि,
तिमीले अर्को
इन्कंभीनिअन्ट ट्रुथ
चालबाजहरु त लुक्लान
मोनोलिथिक डोममा,
नयाँ सृष्टीको शासक बन्न
टेक्ने ठाउं रहेन,रहला विर्खे
तिम्रो मुर्ख सपना साकार
हाम्रा संतानहरु त हुनेछन,
इंडेक्स फोसिलका ल्याप्चे छापहरू
ग्रीन हाउस इफेक्टका सिद्दान्तहरु
फेरिदैछन दिनदिनै
ग्रीन हाउस डिफेक्टका रिमिक्स भएर
त्यसैले ए ठाहिला ठाहिलीहरु हो!
ए शक्तिशाली, भक्तिशालीहरु हो !
सृष्टीको कालचक्रसगै नासिने छ-
मानिसको दादागिरी
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Webhosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal.com website features H1B Visa Information, Entertainment Portal, Link Directory Service, Free Articles, Free Open Source Tutorials on Java and J2EE Platform, Digital Photography, High Resolution Picture Gallery and Free Reliable Image Hosting Services. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Stay free from phishing – our website does not ask for your credit card and banking information. Happy Surfing!
kushalzone कविता
भूगोलको त्यो खण्ड मेरो देश हो,
जहाँ मान्छेभन्दा धेरै देवताहरु छन
सेनाभन्दा धेरै शहीदहरु छन
हर कुरामा आदिम सोच रहनु
हाम्रो महान विरासत हो
यहाँ बन्दै बन्दमा समाज चल्ने गर्छ
भिक्षै भिक्षा मागेर देश चल्ने गर्छ
आश्वासनका बाईपंखी घोडाहरुमा सवार
सिकंदर र बादशाहहरु
पगरी वा कथित श्रीपेच त लगाउछन,
तर कुरी चाहिं सधै उदांगो हुने गर्छ
अचम्म लाग्छ बाबै! अचम्म
हामी निर्माणमा भन्दा ध्वंसमा विश्वास गर्छौ
कर्ममा भन्दा भाग्यमा भर पर्छौ
दुख्खका साथ मलाई भन्न परेको छ
हो, भूगोलको त्यो खण्ड मेरो देश हो,
जहाँ किडनी बेचेर किसानहरू ऋण तिर्ने गर्छन
आमा बेचेर छोराहरु कुर्सी लिने गर्छन
अफसोच! ती तिन कोटि जनता
जसको सदाको साथी दुख्ख रहन्छ,
आफ्नी आमाको माया कसलाई लाग्दैन र ?
पटुकी र गुन्यु चोलोमा चिटीक्क भएर
सर्वमान्य भएको, जगले मानेको,
कसलाई देख्न मन लाग्दैन र ?
तर दुर्भाग्य !
जहाँ एक ठाऊँबाट पराजित ब्यक्ति मंत्री हुन्छ
दुई ठाऊँबाट पराजित ब्यक्ति प्रधानमंत्री हुन्छ
विनासकाले विपरित बुद्दी
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Webhosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal.com website features H1B Visa Information, Entertainment Portal, Link Directory Service, Free Articles, Free Open Source Tutorials on Java and J2EE Platform, Digital Photography, High Resolution Picture Gallery and Free Reliable Image Hosting Services. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Stay free from phishing – our website does not ask for your credit card and banking information. Happy Surfing!
kushalzone कविता
बादलपारि सेता घोडाको रथमा उडयौ
आकाशबाट फूल बर्शिए
मनचिता साथीसंग बसेर
अनेक विस गर्यौ
विस पूरा हुदै जांदा
हामी मस्त निद्रामा परेछौ
सूर्यको कलिलो किरनले
हाम्रो आँखा खुल्यो
दूध, हलुवा र काजू खाएर
खेल्न निस्केयौ
तातो आलू र रुमाल लुकाई
खेलेर दंग पर्यौ
चौरको ढीस्केनोमा बसेर
फेरी अनेक विस गर्यौ
विस पूरा हुदै जांदा
हामी मस्त निद्रामा परेछौ
आमाको स्नेहपूर्ण आवाजले
निद्रा खुल्यो
खाना खाएर सेतु खरायोसंग
खेल्न करेसाबारी गयौ
रमाएर खेल्नु हाम्रो दैनिकी हो
घरमा पस्दा आमा मूर्छित हुनु हुन्थ्यो
बा अत्तालिनु भएको थियो
कसैले हाम्री बहिनी ऋतुलाई
अपहरण गर्यो रे !
उसले मागेजति पैसा नदिए
मारि दिन्छ रे !
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Webhosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal.com website features H1B Visa Information, Entertainment Portal, Link Directory Service, Free Articles, Free Open Source Tutorials on Java and J2EE Platform, Digital Photography, High Resolution Picture Gallery and Free Reliable Image Hosting Services. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Stay free from phishing – our website does not ask for your credit card and banking information. Happy Surfing!
kushalzone कविता
आउ हामीपनि
एकपटक क्रमभंग गरौ
सर्वप्रथम: त
तालुभित्रको ऋणात्मक
गार्वेज डम्पिंग गरि
क्रम्भंगको शिलान्यास गरौ
मोहर रुपियाँको हिसाबले
सम्राटहुने बुद्दिमा
सातपत्रे बोसो थुपारेको छ,
त्यसलाई किलीन अप गरि
अर्को क्रमभंग गरौ
जसले,
सारा शास्त्रहरू उल्टो पारेको छ
पूरा गणित शुन्य पारेको छ
हामीसंग,
झुसिल्किराले – क्रमभंगगरि
पुतली बनेको नजिर छ
ठीकै छ,
हामी किरा होइनौ
कम्तिमा,
छिचरा विचारका बंधन चुडाइदियू,
निम्सरा उदेश्यका झाडी पन्छाइदियू
र फेरि क्रमभंग गरौ
कम्तिमा,
म र मेरो बाट अलि माथि उठौ,
हामी र हाम्रोलाई आधारशिला मानौ